काठमाडौं । नेपाली क्रिकेटका ग्लोबल आइकन सन्दीप लामिछाने बिहीबार वेष्ट इन्डिज प्रस्थान गर्ने भएका छन् । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-ट्वान्टी क्रिकेट खेल्न सन्दीप भोलि वेष्ट इन्डिज प्रस्थान गर्न लागेका हुन् ।
कोरोना भाइरसको माहामारीको कारण ठप्प बनेको हवाई उडानको कारण सन्दीपले प्रतियोगिता गुमाउने प्रबल सम्भावना रहेको थियो । तर अन्तिम समयमा चार्टर्ड फ्लाइटमार्फत उनी प्रतियोगिता खेल्न जाने भएका हुन् । प्रतियोगितामा सहभागिता जनाउन सन्दीप बिहीबार ट्रिनिडाड एन्ड टोबेगो प्रस्थान गर्न लागेका हुन् । सन्दीप अमेरिका हुँदै खेल स्थान जाने छन् ।
सन्दीप आईतबार मात्र वेष्ट इन्डिज पुग्ने छन् । यस वर्षको सीपीएल अगष्ट १८ बाट हुँदैछ । ट्रिनिडाड एन्ड टोबेगोमा हुने प्रतियोगिता सेप्टेम्बर १० सम्म हुनेछ ।
क्यारिबयन सरकार तथा आयोजकका अनुसार प्रतियोगिता खेन आउने हरेक खेलाडी १४ दिनको क्वारेन्टिन बस्नु पर्ने छ । यस सिजन सन्दीपले जमैका तलावाजबाट खेल्ने छन् । उनी तेस्रो सिजन सीपीएल खेल्न लागेका हुन् ।
प्रतिक्रिया