इंग्लिस प्रिमियर लिग च्याम्पियन बनेको लिभरपुलले चेल्सीमाथि जीत दर्ता गरेको छ ।
घरेलु मैदान एनफिल्डमा गएराति भएको लिगको अन्तिम खेलमा लिभरपुलले चेल्सीलाई ५–३ गोल अन्तरले पराजित गरेको हो ।
पहिलो हाफमा ३ गोल गरेका लिभरपुलले एक गोल खाएको थियो । २३ औं मिनेटमा नाबी केईटाले लिभरपुललाई अग्रता दिलाएका थिए ।
३८ औं मिनेटमा ट्रेन्ट अलेक्जेन्डर अर्नोल्डले लिभरपुलको अग्रता दोब्बर पारे । लगातार आक्रामक खेल खेलेको लिभरपुलले ४३ औं मिनेटमा तेस्रो गोल गरेको थियो ।
जर्जिनियो विजनाल्डमले गोल गरेपछि घरेलुटोली ३–० ले अघि बढ्यो ।
पहिलो हाफको अतिरिक्त समयमा चेल्सीका ओलिभर जिरुले गोल गोर्दै अन्तर ३–१ मा ल्याएका थिए ।
दोस्रो हाफमा लिभरपुलले २ गोल थप्दा १ गोल खाएको थियो ।
रोबर्टो फिर्मिन्होले ५५ औं मिनेटमा गोल गरेपछि लिभरपुल ४–१ ले अघि बढ्यो ।
तर, ६१ औं मिनेटमा टमी अब्राहमले गोल गरेपछि चेल्सीले अन्तर ४–२ मा ल्याएको थियो ।
७३ औं मिनेटमा चेल्सीकै लागि क्रिस्टियन पुलिसिकले लागि गोल अन्तर ४–३ मा ल्याएका थिए ।
८४ औं मिनेटमा एलेक्स आक्सलेड चेम्बरलेनले गोल गरेपछि लिभरपुल ५–३ गोल अन्तरले विजयी भयो ।
च्याम्पियन लिभरपुलले ९६ अंक बनाएको छ । पराजित भएको चेल्सी भने ६३ अंकका साथ चौथो स्थानमा छ ।
प्रतिक्रिया