नेपाल क्रिकेट संघ ‘क्यान’ले एक साताभित्र राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गर्ने भएको छ । क्यानको कार्यसम्पादन समितिको बैठकले रिक्त मुख्य प्रशिक्षक पदका लागि एक साता भित्र दरखास्त आह्वान गर्ने निर्णय गरेको हो ।
क्यानले पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट राष्ट्रिय टिमको प्रशिक्षक छनोट गर्न लागेको हो । भारतीय प्रशिक्षक उमेश पटवालले राजीनामा दिएपछि लामो समयबाट नेपाली टिम प्रशिक्षक विहीन रहेको छ । बैठकले सात प्रदेशको लागि सात जना प्रशिक्षकको लागि समेत दरखास्त आह्वान गर्ने भएको छ ।
बैठकले आईसीसीसँग छलफल गरेर मुख्य प्रशिक्षकसहित महाप्रबन्धक, वित्तीय प्रबन्धक र व्यवस्थापकका लागि दरखास्त आह्वान गर्ने निर्णय गरेको छ । केन्द्रीय सदस्य जयन्ती भट्टको सयोजकत्वमा ‘महिला क्रिकेट विकास समिति’ गठन गर्ने निर्णय पनि क्यानले गरेको छ ।
प्रतिक्रिया