देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रिमियर लिगमा चेल्सीकाे तेस्राे स्थान सुरक्षित हुने सम्भावना

देशान्तर

इंग्लीश प्रिमियर लिग फुटबलमा चेल्सीले नरिच सिटीलाई पराजित गरेको छ ।

तालिकाको तेस्रो स्थानमा रहँदै अर्को सिजनको च्याम्पियन्स लिग खेल्ने अभियानमा रहेको चेल्सीले यो सिजन प्रिमियर डिभिजनबाट झरीसकेको नरिच सिटीमाथि १–० को साँघुरो जित निकालेको हो ।

नरिच सिटीको मैदानमा भएको खेलमा चेल्सीलाई विजयी गराउन फ्रेन्च स्ट्राइकर ओलिभर जिरुले पहिलो हाफको इन्जुरी समयमा निर्णायक गोल गरे ।

जितसँगै चेल्सीले जारी लिगमा दुई खेल खेल्न बाँकी रहेको अवस्थामा तेस्रो स्थानको पकड बलियो पारेको छ ।

३६ खेलबाट ६३ अंक जोडेको चेल्सी चौथो स्थानको लेस्टर सिटी र पाँचौ स्थानको म्यान्चेष्टर युनाईटेडभन्दा ४ अंकले अगाडि छ ।

तर लेष्टर र म्यान्चेस्टर युनाईटेडले एक खेल खेल्न बाँकी छ ।