देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रियाल मड्रिड ला लिगाकाे उपाधि नजिक

देशान्तर

स्पेनिस लिग फुटबल ला–लिगामा रियाल मड्रिडले ग्रानडालाई २–१ ले हराएको छ । जितसँगै रियाल मड्रिड ला लिगाको उपाधिभन्दा एक जितको दुरीमा पुगेको छ ।

तालिकामा अब दुई अंक मात्रै थपेको खण्डमा रियाल मड्रिडले किर्तीमानी ३४ औं पटक ला लिगाको उपाधि जित्नेछ । लिगमा दुई खेल मात्रै बाँकी रहँदा रियालको ८३ अंक छ ।

दोस्रो स्थानको बार्सिलोना रियालभन्दा ४ अंकले पछि छ । गएरातिको खेलमा रियाल मड्रिडलाई विजयी गराउन फर्लाण्ड मेण्डी र करिम बेन्जमाले एक एक गोल गरे ।

ग्रानडाका डार्वीन माचेसले एक गोल फर्काए । ला लिगाअन्तर्गत गएराति भएका अन्य खेलहरुमा रियाल सोसिडाडले भियारियाललाई २–१ ले हराउँदा गेटाफे र डेपोर्टीभो आलाभेजले गोलरहित बराबरी खेलेका छन् ।