देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रिमियर लिगमा सिटीकाे शानदार जीत

देशान्तर

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा दोस्रो स्थानको म्यानचेस्टर सिटीले फराकिलो जीत दर्ता गरेको छ । गएराति भएको खेलमा सिटीले १५ औं स्थानको ब्राइटनमाथि ५–० को फराकिलो जीत दर्ता गरेको हो ।

सिटीको जीतमा रहिम स्टर्लिङले ह्याट्रिक गर्दा ग्याब्रियल जेसर र बर्नान्डो सिल्भाले एक एक गोल थपेका थिए । २१ औं मिनेटमा गोल गर्दै रहिम स्टर्लिङले सिटीलाई अग्रता दिलाएका थिए । ४४ औं मिनेटमा जेससले गोल गर्दै अग्रता दोब्बर बनाए ।

पहिलो हाफमा २ गोल गरेको सिटीले दोस्रो हाफमा तीन गोल थपेको थियो । ५३ औं मिनेटमा स्टर्लिङले व्यक्तिगत दोस्रो गोल गर्दा सिटी ३–० ले अघि बढेको थियो । लगातार पोस्ट आक्रमण गरेको सिटीका लागि चौथो गोल सिल्भाले ५६ औं मिनेटमा गरेका थिए ।

८१ औं मिनेटमा स्टर्लिङले ह्याट्रिक पुरा गर्दा सिटी ५–० ले अघि बढेको थियो । त्यसपछि थप गोल नभएपछि सिटी ५–० ले विजयी हुन सफल भयो ।