देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ला लिगामा बार्सिलोनाको साँघुरो जीत

देशान्तर

स्पेनिस ला लिगा फुटबलमा वार्सिलोनाले फेरि शीर्ष स्थानको रियल मड्रिडसँग अंक दूरी घटाएको छ । गएराति भएको खेलमा वार्सिलोनाले रियल भालाडोलिडमाथि १–० को कठिन जित निकाल्दै तालिकामा तीन अंक थपेको हो ।

जीतसँगै वार्सिलोनाले ३६ खेलमा ७९ अंक बनाएको छ भने एक खेल कम खेलेको मड्रिडको ८० अंक छ ।

गएराति वार्सिलोनाको जीतमा भिडालले गरेको एक मात्र गोल नै निर्णायक बन्यो । मेस्सीले पहिलो हाफको १५ औं मिनेटमा दिएको पासलाई भिडालले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

सोही अग्रता बार्सिलोनाले अन्तिमसम्म कायमै राखेको छ ।
यसैबीच, मेस्सीले गएरातिको खेलमा नयाँ कीर्तिमान पनि बनाएका छन् । उनले एकै सिजनमा २० गोल र २० गोलमा असिस्ट गर्ने कीर्तिमान बनाएका हुन् ।

ला लिगा अन्तर्गत अन्य खेलमा एथ्लेटिको मड्रिडले रियल बेटिसलाई १–० गोलले पराजित गर्दा सेल्टाभिगोमाथि ओसासुनाले २–१ गोल अन्तरको जीत दर्ता गरेको थियो ।