देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एन्फाले आर्मीलाई हस्तान्तरण गर्‍यो फुटबल मैदान

देशान्तर

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले स्तरोन्नती गरेको त्रिभुवन आर्मीको मैदान हस्तान्तरण गरेको छ ।

जंगी अड्डा परीसरमा रहेको आर्मीको मैदान एन्फाले अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको तयार पारेको थियो । विश्वकप छनोट अन्तर्गतका खेलका लागि विदेशी टिम काठमाडौं आउने भएपछि उनीहरुलाई अभ्यासस्थलको रुपमा आर्मीको सोही मैदान उपलब्ध गराइने छ ।

त्यसका लागि एन्फाले भीआईपी प्यारापिटमा आवश्यक पूर्वाधारहरु थप गरेको छ । थप गरेर तयार पारेका पूर्वाधारहरु संरक्षणका लागि आर्मीलनै जिम्मा दिएको एन्फाले जनाएको छ ।

एन्फाले बनाईदिए वापत उक्त मैदान नेपालसँग खेल्ने अन्तर्राष्ट्रिय फुटबल टिमले अभ्यासका लागि प्रयोग गर्न पाउने छन् । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले प्रधानसेनापति पूर्णचन्द्र थापालाई फाइल हस्तान्तरण गरेका थिए ।