देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रिमियर लिग च्याम्पियन लिभरपुलकाे लक्ष्य १०१अंक

देशान्तर

इंग्लिस प्रिमियर लिगमा उपाधि पक्का गरिसकेको लिभरपुलले आफ्नो जितको यात्रालाई कायमै राखेको छ । गएराति भएको खेलमा लिभरपुलले ब्राइटोनलाई तीन एक गोलले हरायो ।

लिभरपुलको जितमा मोहम्मद सलाहले दुई गोल गरे । जारी सिजनमा एक सय अंक पुर्याएर नयाँ रेकर्ड बनाउने लक्ष्यमा रहेको लिभरपुलका लागि खेलको छैटौं मिनेटमा सलाहले केइटाको पासमा पहिलो गोल गरे ।

त्यसको दुई मिनेटमा सलाहको पासमा जोर्डन हेन्डर्सेनले लिभरपुको अग्रता दुई शुन्यमा पुर्याए । दुई गोलले पछि परेको ब्राइटोनले ४५ औं मिनेटमा गोल गर्दै अन्तर कम गरेको थियो । उसका लागि लियनार्दो ट्रोसार्डले गोल गरे ।

पहिलो हाफमा दुई एकले अगाडी रहेको लिभरपुलले ७६ औं मिनेटमा तेस्रो गोल गर्यो । रोबेर्टसनको पासमा सलाहले ब्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे ।

जितपछि लिभरपुलले ३४ खेलमा ९२ अंक बनाएको छ । लिभरपुललाई अब म्यानचेस्टर सिटीले यसअघि बनाएको एक सय अंकको रेकर्ड तोड्नका लागि ९ अंक आवश्यक छ । २०१७- १८ काे सिजनमा सिटीले १०० अंक सहित उपाधि जितेकाे थियाे ।