देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एस्पान्योमाथि बार्सिलोनाको संघर्षपूर्ण जित

देशान्तर

स्पेनिस ला लिगा अन्तर्गत तनावपूर्ण खेलमा बार्सिलोनाले एस्पान्योमाथि संघर्षपूर्ण जित निकालेको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले एस्पान्योललाई १-० गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउनकाे लागि एक मात्र गोल लुइस सुआरेजले गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा उनले गोल गरेका हुन् । निकै नै तनाब ग्रस्त खेलको ५६ औं मिनेटमा सुआरेजले खेलको एकमात्र निर्णायक गोल गर्दै घरेलु टोलिलाई १-० गोलको संघर्षपूर्ण जित दिलाए ।

यसअघि दुबै टोलि १० खेलाडीमा समेटिएका थिए । खेलको ५० औं मिनेटमा युवा स्ट्राइकर अन्सु फातिले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछी बार्सिलोना १० खेलाडीमा समेटिएको थियो ।

त्यसको तीन मिनेट नबित्दै एस्पान्योल पनि १० खेलाडीमा समेटिन पुग्यो । खेलको ५३ औं मिनेटमा एस्पान्योलका मिडफिल्डर पोल लोजानोले रातो कार्ड पाएपछि पाहुना टोलि पनि १० खेलाडीमा समेटिएको थियो ।

बार्सिलोनाले शीर्षस्थानको रियल म्याड्रिडसँगको अंक दुरी १ मा छोट्याउदै उपाधि यात्रालाई जीवितै राखेकाे छ । यद्दपि रियलले एक खेल कम खेलेको छ ।

यता राख्दा एस्पान्योल रेलिगेसनमा परेको छ । बार्सिलोनासँगको हारसँगै एस्पान्योल २६ वर्षपछि दोस्रो डिभिजनमा घटुवा भएको हाे ।

जितसँगै बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिडसँगको अंक दूरी एकमा झारेको छ । बार्सिलोनाको ३५ खेलबाट ७६ अंक छ भने एक खेल कम खेलेको रियलको ७७ अंक छ । पराजित एस्पान्योल भने तालिमाको पुछारमा छ ।