देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जर्मन कपकाे उपाधि बार्यन म्युनिखलाई

देशान्तर

बुन्डेसलिगा च्याम्पियन बार्यन म्युनिखले २० औं पटक जर्मन कपको उपाधि जितेको छ । गएराति भएको खेलमा बायर लिभरकुसेनलाई हराउदै बार्यनले जर्मन कपको उपाधि जितेको हो । योसँगै बार्यनले १३ औं पटक एकै सिजनमा दुई वटा घरेलु उपाधि उचाल्न सफल भयो ।

बर्लिनमा भएको खेलमा बार्यनको जितमा रोबेर्ट लेवान्दोस्कीले दुई गोल गरे । उनले यो सिजनमा कुल ५१ गोल गर्न सफल भए । एकतिर्फ जस्तै बनेको खेलको १६ औं मिनेटमा अलाबाको गोलमा बार्यनले अग्रता बनायो । त्यसपछि २४ औं मिनेटमा किमिचको पासमा नार्बीले बार्यनले अन्तर दुई शुन्यमा पुर्‍याए।

पहिलो हाफमा दुई गोलको अग्रता बनाएको बार्यनको लागि ५९ औं मिनेटमा लेवान्दोस्कीले ब्यक्ति गत पहिलो तथा टिमका लागि तेस्रो गोल गरे । उनले मानुयल नुयरको सोझै फालेको बलबाट गोल गरेका थिए ।

६३ औं मिनेटमा बन्डेरकाे गोलमा लिभरकुसेनले खेल तीन एकमा झारेकाे थियाे । तर ८९ औं मिनेटमा फेरी लेवान्दोस्कीले गोल गर्दै खेललाई चार एकको अवस्थामा पुर्‍याए । खेलको इन्जुरी समयको पाँचौ मिनेटमा लिभरकुसेनले पेनाल्टीमा गोल गर्दै खेल चार दुईको अवस्थामा ल्याएको थियो । तर त्यसपछि अरु गोल हुन सकेन र बार्यनले ४-२ गाेल अन्तरकाे जीत दर्ता गर्दै जर्मन कपको उपाधि उचाल्यो ।

यो जितपछि बार्यनले लगातार २६ खेलसम्म अपराजित रहने कीर्तिमान पनि बनाएको छ । बार्यनका लागि लेवान्दोस्कीले ४४ खेलमा ५१ गोल गर्न सफल भए ।