देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ला लिगामा रियल मड्रिडलाई ४ अंककाे अग्रता

देशान्तर

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले दोस्रो स्थानमा रहेको बार्सिलोनासँग ४ अंकको अग्रता बनाएको छ ।

मड्रिडको ३३ खेलबाट ७४ अंक भएको छ भने समान खेलबाट बार्सिलोनाको ७० अंक रहेको छ ।

बिहान भएको खेलमा मड्रिडले गेटाफेलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

मड्रिडको घरेलु मैदानमा जीत दिलाउन कप्तान सर्जियो रामोसले पेनाल्टी मार्फत गरेको गोल नै पर्याप्त बन्यो ।
पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा निर्णायक गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

यस्तै ला लिगा अन्तर्गत अन्य खेलमा रियल सोसिडाडले स्पान्योल माथि २–१ गोलको जीत दर्ता गर्दा ओसासुनाले इबारमाथि २–० गोल अन्तरको जीत दर्ता गरेको छ ।