देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लिभरपुल म्यानचेस्टर सिटीसँग ४-० ले पराजित

देशान्तर

इंग्लिस प्रिमियर लिगमा लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग ४–० गोल अन्तरले पराजित भएको छ ।

बिहान भएको खेलमा सिटीको घरेलु मैदान इतिहादमा केभिन डि ब्रुइन,रहिम स्र्टलिङ र फिलिप फोडेनले एक एक गोल गरेका थिए । एक गोल भने एलेक्स च्याम्बर्लिङबाट उपहार पाएको थियो ।

२५ औं मिनेटमा पेनाल्टी मार्फत ब्रुइनले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । यस्तै ३५ औं मिनेटमा स्र्टलिङले अग्रता दोब्बर बनाए ।

फोडेनले ४५ औं मिनेटमा गोल गर्दै लिभरपुलाई सुरुमै दबाबमा ल्याएको थियो ।
पहिलो हाफमा ३ गोल खाएको लिग च्याम्प्यिन लिभरपुलले दोस्रो हाफमा गोल त फर्काउन सकेन नै उल्टै आफ्नै पोस्टमा गोल गरेको थियो ।