देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मेस्सीले पुरा गरे ७०० औं गोल

देशान्तर

लियोनल मेसी आफ्नो खेलजीवनको ७००औं गोल गर्न सफल रहे पनि बार्सिलोना एट्लेटिको म्याड्रिडसँग २–२ को बराबरीमा रोकिएको छ ।
यसले स्पेनी ला लिगाको उपाधि होडमा रहेको बार्सिलोनालाई थप धक्का पुगेको छ ।

क्याम्प नोउमा भएको खेलमा मेसीले पेनाल्टीबाट गोल गर्दै कोसेढुंगा गोलको उपलब्धि आत्मसात् गरेका हुन् । डिएगो कोस्टाको आत्मघाती गोलले बार्सिलोनाले सुरुआती अग्रता लिएको थियो ।

त्यसयता एट्लेटिकोका तर्फबाट दुवै गोल सउल निगुएजले गरे । दुवै गोल पेनाल्टीमा भएको थियो । यो नतिजापछि रियल म्याड्रिडले बुधबार गेटाफेलाई हराएर शीर्ष स्थानमा चार अंकको अग्रता खोल्न सक्नेछ ।
लिगमा पाँच चरणको खेल बाँकी छँदा यो निर्णायक अग्रता साबित हुन सक्नेछ । दिनका अन्य दुई खेलमा सेभियाले लेगानेसलाई ३–० र मार्लोकाले सेल्टा भिगोलाई ५–१ ले हराए ।