देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सिरी ए लिगमा युभेन्ट्स ४ अंकले अगाडि

देशान्तर

युभेन्ट्सले मंगलबार पुछारतिरको जेनोआलाई ३–१ ले हराएर इटालीको सिरी ए लिग तालिकामा ४ अंकले अगाडि रहन सफल भएको छ । त्यसमा विजयी टिमका लागि पउल डेबेला, क्रिस्टियानो रोनाल्डो र डगलस कोस्टाले उत्कृष्ट गोल गरेका थिए ।

पहिलो हाफमा जेनोआले युभेन्ट्सको आक्रमण सफलतापूर्वक रोके पनि दोस्रो हाफमा विपक्षी टिमका स्टार खेलाडीको उत्कृष्ट प्रदर्शनसामु टोलीको केही लागेन ।

डेबेलाले ५०औं मिनेटमा जेनोआका तीन डिफेन्डरलाई छलाएर डिफ्लेक्ट भएको सटमा पहिलो गोल गोल गरे । त्यसको सात मिनेटमा रोनाल्डोले २५ मिटर परबाट गरेको शक्तिशाली प्रहार गोलमा परिणत भयो । कोस्टाले तेस्रो गोल थपे ।

जेनोआतर्फबाट आन्द्रे पिनामोन्टीले एक गोल फर्काए । युभेन्ट्सको २९ खेलबाट ७२ अंक भएको छ । लाजियो भने ६८ अंकमा दोस्रो स्थानमा छ । उसले दिनको अर्को खेलमा टुरिनोलाई २–१ ले पराजित गरेको थियो ।