देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एफ ए कपकाे फाइनल पुग्न चेल्सी र म्यान्चेस्टर युनाईटेड तथा आर्सनल र म्यान्चेस्टर सिटी खेल्ने

देशान्तर

एफ ए कप फुटबलको सेमिफाईनल समिकरण पूरा भएको छ । गएरातिका खेलहरुमा चेल्सी, आर्सनल र म्यान्चेस्टर सिटी विजयी भएसँगै प्रतियोगिताको सेमिफाईनल समिकरण पूरा भएको हो ।

यसअघि म्यान्चेस्टर युनाईटेड पनि सेमिफाईनलमा पुगिसकेको थियो ।

क्वाटरफाईनल खेलमा चेल्सीले लेष्टर सिटीलाई १–० ले हरायो । चेल्सीका लागि रोस बार्क्लेले निर्णायक गोल गरे । अर्को लण्डन क्लब आर्सनलले शेफिल्ड युनाईटेडलाई २–१ ले पाखा लगाउँदै सेमिफाईनलमा आफ्नो स्थान पक्का गर्‍यो ।

शेफिल्ड विरुद्ध आर्सनललाई विजयी गराउन पेपे र केबायोसले एक एक गोल गरे ।

पराजित टोली शेफिल्डका म्याक्गोल्डरीकले एक गोल फर्काए । गएराति नैं भएको अर्को खेलमा न्युकासल युनाईटेडलाई २–० ले हराउँदै म्यान्चेस्टर सिटी पनि सेमिफाईनलमा उक्लियो ।

न्युकासल विरुद्ध सिटीलाई विजयी गराउन केभिन डे ब्रायन र राहिम स्टर्लीङले एक एक गोल गरे । एफ.ए कप फुटबलका सेमिफाईनल खेलहरु जुलाई १८ तारिखमा हुनेछन् ।

सेमिफाईनलमा चेल्सी र म्यान्चेस्टर युनाईटेड तथा आर्सनल र म्यान्चेस्टर सिटी भिड्नेछन् ।