इटालियन सिरी ए फुटबलमा युभेन्टस बिजयी

  • 4
  •  
  •  
  •  
    4
    Shares

काठमाडौ । इटालियन सिरी ए फुटबलमा डिफेन्डिङ च्याम्पियन युभेन्टस विजयी भएको छ । गएराति भएको खेलमा युभेन्टसले लेच्चेलाई ४–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो । युभेन्टसको जीतमा जितमा पाउलो डिबाला, क्रिस्टियानो रोनाल्डो, गोन्जालो हिगुइन र म्याथिस डि लिग्टले एक एक गोल गरेका थिए ।

३१ औं मिनेटमा फाबियो लुचिओनिले रातो कार्ड पाएपछि पाहुना टोली लेच्चे १० खेलाडीमा झरेको थियो ।

लुचिओनिले रोड्रीगो बेन्टान्कुरलाई लडाएपछि रातो कार्डको दर्शन गर्दै मैदान त्यागेका थिए ।

घरेलु टोली युभेन्टसले पहिलो हाफमा गोलरहित बराबरी खेलेको थियो ।

युभेन्टसले खेलको ५३ औं मिनेटमा डिबालाको गोलमा अग्रता बनायो । रोनाल्डोको पासलाई पेनाल्टी क्षेत्रबाहिर रहेका डिबालाले गोल गरेका थिए । यसैगरी खेलको ६२ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युभेन्टसको अग्रता दोब्बर बनाए ।
८३ औं मिनेटमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका हिगुइनले गोल गरेका थिए ।

८५ औं मिनेटमा डि लिग्टले गोल गरेपछि युभेन्टस ४–० ले अघि बढेको थियो । जीतसँगै युभेन्टसले तालिकामा सात अंकको अग्रता बनाएको छ । युभेन्टसको २८ खेलबाट ६९ अंक रहेको छ भने दोस्रो स्थानमा रहेको लाजियोको ६२ अंक रहेको छ । लाजियोले एक खेल कम खेलेको छ ।


  • 4
  •  
  •  
  •  
    4
    Shares

Facebook Comments