इंग्लिस प्रिमियर लिगको इतिहास बोकेको लिभरपुल ३० वर्षपछि पहिलो पटक उपाधि जित्न सफल भएको छ । गयराति भएको खेलमा सिटि चेल्सी सँग २-१ गाेल अन्तरले पराजित भए पछि लिभरपुल च्याम्पियन बनेको हाे ।
अघिल्लो सिजन नै उत्कृष्ट प्रदर्शन गरेको लिभरपुल म्यान्चेष्टर सिटीभन्दा एक अंकले पछि पर्दै उपाधिबाट विमुख भयो ।
लिभरपुल समर्थकका लागि यो सिजन विशेष रह्यो । किनभने इंग्ल्याण्डको मात्र नभई विश्वकै प्रतिष्ठित फुटबल लिग इंग्लिस प्रिमियर लिगको उपाधि लिभरपुलले जितेको छ ।
कोरोना भाइरसका कारण लिग स्थगित भएपछि धेरै लिभरपुल समर्थकको मनमा चिसो पसेको थियो । लिग नै हुन नसक्ने हो की भनेर । तर, ११ खेल बाँकी रहँदा लिभरपुलले २२ अंकको अग्रता लिइसकेको थियो । यदी लिग नै नभएपनि च्याम्पियन घोषणा हुँदा लिभरपुलबाहेक अरु क्लबलाई च्याम्पियन बनाइने थिएन । तर, खेल जितेर मैदानमा उपाधि जित्नुको सन्तुष्टि लिभरपुलका समर्थकले विर्सिसकेका थिए ।
तीस वर्षको पीडादायी पर्खाईपछि जर्जेन क्लोपले समर्थकलाई यो खुसी दिलाउन सफल भए ।
प्रतिक्रिया