देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रिमियर लिगमा सिटी चेल्सीसँग पराजित

देशान्तर

इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटी पराजित भएको छ । गएराति भएको खेलमा १० खेलाडीमा सीमित सिटी चेल्सीसँग २ – १ गोल अन्तरले पराजित भएको हो ।

घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन क्रिस्टियन पुलिसिच र विलियनले एक एक गोल गरे । सिटीका केभिन डी ब्रुयनले एक गोल फर्काए । रोमान्चक बनेको खेलको ३६ औं मिनेटमा पुलिसिचले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।

५५ औं मिनेटमा ब्रुयनले गोल गर्दै सिटीलाई १९१ गोलको बराबरीमा फर्काए । खेलको ७७ औं मिनेटमा फेर्नान्डिन्होले रातो कार्ड पाएपछि सिटी १० खेलाडीमा समेटियो ।

त्यसको एक मिनेट नबित्दै चेल्सीले पेनाल्टी प्राप्त गर्यो । जसमा विलियनले गोल गर्दै चेल्सीलाई २ –१ को जित दिलाए । चेल्सीको जितसँगै लिभरपुलले प्रिमियर लिगको उपाधि जितेको छ ।

चेल्सीसँग पराजित भएपछि दोस्रो स्थानको सिटी लिभरपुल भन्दा २३ अंकले पछि परेको छ । सिटीको ३१ खेलमा ६३ अंक रहेको छ । लिभरपुलको ८३ अंक रहेको छ । सिटीलाई हराएको चेल्सीले ५४ अंक जोडेको छ ।