इंग्लिस प्रिमियर लिगमा टोटेनहमले वेष्ट ह्यामलाई दुई शुन्य गोल अन्तरले पराजित गरेको छ । गएराति भएको खेलमा पहिलो हाफ भने गोल रहित बराबरीमा सकिएको थियो ।
४५ औं मिनेटमा कोरियन खेलाडी सनले टोटेनहमका लागि जालि चुमाएपनि भिडियो एसिस्टेन्ट रेफ्रिको सहायताले त्यसलाई मान्यता दिएनन् ।
खेलको ६४ औं मिनेटमा टोटेनहमले उपहार गोलका कारण खेलमा अग्रता लियो । सेल्सोले प्रहार गरेको कर्नर बल टोमस सौचेकको खुट्टामा लाग्दै आफ्नो पोष्टमा गोल भएपछि घरेलु टिम टोटेनहमले अग्रता बनायो ।
त्यसपछि ८२ औं मिनेटमा टोटेनहमले दोस्रो गोल थप्यो । यसपटक उसका लागि ह्यारी केनले गोल गरे । उनले वेष्ट ह्यामको डिफेन्सलाई सहजै छक्याउँदै गोल गर्न सफल भए ।
बाँकी समयमा वेष्ट ह्याम खेलमा फर्कन सकेन र जोजे मोउरिन्होको टिमले आठ खेलपछि पहिलो जित निकाल्न सफल भयो ।
यो जितपछि टोटेनहमको ३१ खेलमा ४५ अंक रहेको छ । वेष्टह्याम भने २७ अंकका साथ रेलिगेसन जोन भन्दा एक स्थान माथि रहेको छ ।
प्रतिक्रिया