देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आरबी लाइप्लिज जर्मन बुन्डेस लिगाको तेस्रो स्थानमा

देशान्तर

एजेन्सी । आरबी लाइप्जिग जर्मन बुन्डेस लिगाको तेस्रो स्थानमा उक्लिएको छ। सोमबार राति भएको खेलमा लाइप्जिगले घरेलु टोली एफसी कोल्नलाई ४–२ को अन्तरले पराजित गर्दै तेस्रो स्थानमा पुगेको हो। जितसँगै लाइप्जिगले दोस्रो स्थानको बोरुसिया डर्टमन्टसँगको दूरी २ अंकमा सीमित गरेको छ।

लाइप्जिगको जितमा प्याट्रिक शिक, क्रिस्टोफोर एनकुन्कु, टिमो वेर्नर र ड्यानियल ओल्मोले गोल गरे। लिगमा वेर्नरको २५ औँ गोल हो। खेलको सातौँ मिनेटमा घरेलु टोली कोल्नका जोन कोर्डोवाले सातौँ मिनेटमा गोल गर्दै अग्रता बनाएको खेलमा २० औं मिनेटमा प्याट्रिकले बराबरी गोल फर्काए। ३८ औं मिनेटमा एन्थोनी मोडेस्टेले एक गोल थपे।

जितसँगै लाइप्जिगले २९ खेलबाट ५८ अंक जोडेको छ। कोल्न ३४ अंक सहित अंकतालिकाको ११ औं स्थानमा छ। ६० अंकमा डर्टमुन्ड दोस्रो स्थानमा रहँदा बार्यन म्युनिख ६७ अंकमा शीर्ष स्थानमा छ।