देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जर्मन बुण्डेस लिगा- आरबी लेइप्जिग विजयी

देशान्तर

जर्मन बुण्डेस लिगा फुटबल अन्तर्गत गएरातिको खेलमा आरबी लेइप्जिगले एफसी कोल्नलाई पराजित गरेको छ । शीर्ष दुईको होडमा रहेको लेइप्जिगले कोल्नमाथि ४–२ को जित निकालेको हो ।

आरबीले अवे मैदानमा भएको खेलमा कोल्नलाई पराजित गर्न पहिलो हाफमा दुई गोल गरेर एक गोल र दोस्रो हाफमा पनि दुई गोल गरेर एक गोल खाएको हो ।

लेइप्जिगका लागि प्याट्रिक सेक, एकुन्कु, टिमो र्वनर र ओल्मोले एक एक गोल गरे । कोल्नका तर्फबाट कोर्डोबा र मोडेस्टले एक एक गोल गरेका थिए ।

जितपछि तेस्रो स्थानमा पुगेको लेइप्जिगको २९ खेलबाट ५८ अंक भएको छ । दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमुण्डको ६० अंक छ ।