देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अमेरिकी अश्वेत नागरिक फ्लोयड हत्या विरोधमा लिभरपुलका खेलाडीको प्रदर्शन

देशान्तर

अमेरिकी अश्वेत नागरिक जर्ज फ्लोयड हत्या प्रकरणमा इंग्लिस क्लब लिभरपुलका खेलाडीहरूले विरोध जनाएका छन् । लिभरपुलका खेलाडीले हिजो फ्लोयडले न्याय पाउनुपर्ने भन्दै विरोध जनाएका हुन् । एनफिल्डको मध्ये भागमा गोलो घेरा बनाएर घुँडा टेकेर खेलाडीले विरोध जनाएका हुन् ।

यस अघि जर्मन क्लब बोरुसिया डर्टमण्डका जाडोन सान्चो, अच्राफ हाकिमी र बोरुसिया मुन्छेनग्लाडबाखका मार्कोस थुरामले विरोध जनाएका थिए । अमेरिकाको मिनियापोलिस शहरमा गत सोमबार प्रहरीको नियन्त्रणमा रहेको बेला फ्लोयडको मृत्यु भएको थियो ।

प्रहरी अधिकारीले भुइमा लडेका ४६ वर्षीय फ्लोयडको घाँटीमा घुँडाले ९ मिनेटसम्म थिचेपछि मृत्यु भएको थियो ।