देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बुन्डेस लिगामा बायर्न म्युनिखको फराकिलो जीत

देशान्तर

जर्मन बुन्डेसलिगामा शीर्ष स्थानको बार्यन म्युनिखले कोरोना भाइरसको संक्रमणपछि फेरी सुरु भएको लिगमा लगातार तेस्रो जित निकालेको छ ।

आज विहान भएको खेलमा बार्यनले रेलिगेसन जोनमा रहेको फोरटुना डुसेलडोर्फलाई पाँच शुन्य गोलले हरायो ।

घरेलु मैदानमा भएको खेलमा बार्यनको जितमा रोबर्ट लेवान्दोस्कीले दुई गोल गरे । जितसँग बार्यनले आफ्नो उपाधिको यात्रालाई निकै बलियो बनाएको छ ।
एकतर्फि जस्तो बनेको खेलको १५ औं मिनेटमा बार्यनले उपहार गोलमा अग्रता बनायो । फोरटुनाका जोरगेनसेनले आत्मघाती गोल गर्न पुगे ।

त्यसपछि २९ औं मिनेटमा पाभार्डले उत्कृष्ट गोल गर्दै टिमको अन्तर दुई शुन्यमा पुर्याए । उनले किमिचको पासको सदुपयोग गरेका थिए ।

खेलको ४३ औं मिनेटमा बार्यनले तेस्रो गोल गर्यो । यसपटक उसका लागि रोबेर्ट लेवान्दोस्कीले गोल गरे । उनले थोमस मुलरको पासको सदुपयोग गरेका थिए ।

पहिलो हाफमा नै तीन गोलको अग्रता बनाएको बार्यनले दोस्रो हाफमा दुई गोल थप्यो । ५० औं मिनेटमा फेरी लेवान्दोस्कीले गोल गर्दै अन्तर चार शुन्यमा पुर्याए । त्यसपछि ६२ औं मिनेटमा डाभिसले बार्यनका लागि पाँचौ गोल गरे ।
बाँकी समयमा दुबै टिमबाट थप गोल हुन सकेन र बार्यनले जारी सिजनमा २१ औं जित निकाल्यो ।

यो जितसँग उसले तालिकाको दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमुण्डसँग १० अंकको अग्रता बनाएको छ ।
एक खेल कम खेलेको डर्टमुण्डको ५७ अंक रहेको छ । यो जितले बार्यनको उपाधि यात्रा निकै बलियो भएको छ भने रेलिगसेनमा रहेको फोरटुनाको दोस्रो डिभिजनमा झर्ने खतरा बढेको छ । उसको २७ अंक रहेको छ ।