देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रिमियर लिगका क्लबहरुले ‘कन्ट्याक्ट’ प्रशिक्षण गर्न पाउने

देशान्तर

इंग्लिस प्रिमियर क्लबका खेलाडीहरुले अबदेखि ‘कन्ट्याक्ट’ प्रशिक्षण गर्न पाउने भएका छन् ।

अहिलेसम्म एक अर्कालाई नछोएरै प्रशिक्षण गर्दै आएका खेलाडीहरुले अब भने एक अर्कासँग ‘कन्ट्याक्ट’ प्रशिक्षण गर्न पाउने भएका हुन् ।
प्रिमियर लिग क्लबहरुले हिजो ‘कन्ट्याक्ट’ प्रशिक्षणका लागि शतप्रतिशत मतदान गरेका छन् ।

अनुमति पाएसँगै अब क्लबका खेलाडीहरुको प्रशिक्षण दोस्रो चरणमा प्रवेश गरेको छ ।

यसअघि बेलायती सरकारले ‘कन्ट्याक्ट’ प्रशिक्षणको अनुमति दिएपछि सहभागी २० टोलीबिच मतदान गराईएको थियो ।
प्रिमियर लिग क्लबले गत साताबाटै सानो समूह बनाएर सामाजिक दूरी कायम राख्दै प्रशिक्षण सुरु गरेका थिए ।

कोरोना भाइरसको महामारीपछि स्थगित लिगका बाँकी खेल सुचारु गर्न विभिन्न चरणका योजनाहरु लागु गरिएको छ । लिगको ‘प्रोजेक्ट रिस्टार्ट’ अन्तर्गत यस चरणलाई दोस्रो चरण मानिएको छ ।
लिग सुचारुकै लागि प्रिमियर लिगले खेलाडीमा कोरोनाको परिक्षणलाई समेत तीव्र्रता दिएको छ । हालसम्म १७ सय ४४ जनामा परीक्षण गर्दा ८ जनामा कोरोना संक्रमण देखिएको छ ।