देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बुन्डेस लिगामा लेप्जीग फराकिलो अन्तरले विजयी

देशान्तर

जर्मन बुन्डेस लिगामा आर.बी लेप्जीगले मेइन्जलाई ५–० ले हराएको छ ।

गएराती भएको खेलमा रेलिगेसन क्षेत्रभन्दा दुई स्थान माथि रहेको मेइन्जमाथि फराकिलो जित निकाल्दै लेप्जीग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

खेलमा लेप्जीगलाई विजयी गराउन टिमो वेर्नरले ह्याट्रिक गरे । यसैगरी युसुफ पउलसेन र मार्सेल स्याबीटाईजरले एक एक गोल थपे ।

जितसँगै लेप्जीगले जर्मन बुन्डेस लिगामा २७ खेलबाट ५४ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ ।

शिर्ष स्थानको बार्यन म्युनिखको ६१ अंक छ भने दोस्रो स्थानको बोरुसिया डर्टमण्डको ५७ अंक रहेको छ । पराजित टोली मेइन्जको २७ खेलबाट २७ अंक छ ।