देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भलिबल दिवस आज, औपचारिक कार्यक्रम छैन

देशान्तर

नेपाल भलिबल संघले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको दिनको सम्झनामा मनाउन शुरुगरेको भलिबल दिवस आज हो ।
तत्कालिन पुष्पकमल दाहाल नेतृत्वको सरकारले २०७४ साल जेठ ८ गते भलिबललाई राष्ट्रिय खेलको मान्यता दिएको थियो । युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाईलीको पहलमा मन्त्रीपरिषद्बाट भलिबललाई राष्ट्रिय खेलको रुपमा घोषणा गरिएको थियो ।

सोही दिनको सम्झनामा भलिबल संघले जेठ ८ गतेलाई भलिबल दिवसमा अवसरमा मनाउन सुरु गरेको थियो ।
तर, यस बर्ष भलिबल दिवसका अवसरमा कुनै औपचारिक कार्यक्रम नहुने भएको छ । महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण फैलन नदिन सरकारले लकडाउन घोषणा गरेकाले भलिबल संघले कुनै औपचारिक कार्यक्रमको आयोजना नगरिएको अध्यक्ष मनोरञ्जन रमण शर्माले जानकारी दिए ।