कोरोना भाइरसको महामारीका कारण करिव २ महिना रोकिएर हिजोदेखि पुनः सुरु भएको जर्मनीको शीर्ष डिभिजनको फुटबल बुन्डेसलिगामा आज २ खेल हुँदैछन् ।
लिगमा शीर्ष स्थानमा रहेको साविक विजेता बार्यन म्युनिखले मध्य तालिकामा रहेको युनियन बर्लिनसँग खेल्दैछ ।
यो खेल नेपाली समयअनुसार राति पौने १० बजेदेखि सुरु हुनेछ । पछिल्ला लगातार ७ सिजनको उपाधि विजेता बार्यन शीर्ष स्थानमा १ अंकको अग्रतामा छ । उसको २५ खेलबाट ५५ अंक छ ।
१ खेल बढी खेलेको दोस्रो स्थानको बोरुशिया डर्टमन्डको ५४ अंक छ । त्यसैले आजको खेल बार्यनका लागि ४ अंकको अग्रता यथावत राख्ने अवसर पनि हो । आजै साँझ सवा ७ बजेदेखि कोल्न र माइन्जबीच प्रतिस्पर्धा हुनेछ ।
मध्यतालिकामा रहेको कोल्न र रेलिगेसनबाट बच्न संघर्षरत माइन्जबीच खेल हुन लागेको हो । यो खेल कोल्नको घरेलु मैदानमा हुनेछ। लिगमा शनिबार ६ खेल भएको थियो । जसमध्ये ४ खेलको नतिजा स्पस्ट आएको थियो । डर्टमन्डले शाल्केमाथि ४–० को प्रभावशाली जित हासिल गरेको थियो ।
प्रतिक्रिया