अजहर अलि र बाबर आजमलाई पाकिस्तान क्रिकेटको नयाँ कप्तानको जिम्मेवारी

  • 6
    Shares

पाकिस्तान क्रिकेट टिमले अजहर अलि र बाबर आजमलाई नयाँ कप्तानको जिम्मेवारी दिएको छ । पाकिस्तान क्रिकेट बोर्ड पीसीबीले हिजो अलि र आजमलाई टिमको कप्तानी चयन गरेको हो ।

पीसीबीले अलिलाई टेष्ट र आजमलाई एकदिवसीय र टी–ट्वान्टी कप्तानको जिम्मेवारी दिएको हो ।यस्तै पीसीबीले सेन्ट्रल कन्ट्रयाक्टमा पर्ने खेलाडीको नाम समेत सार्वजनिक गरेको छ । सन् २०२०-२१ का लागि पीसीबीले सार्वजनिक गरेको सेन्ट्रल कन्ट्रयाक्टमा दुई नयाँ खेलाडी अटाएका छन् ।निसम शाह र इफ्तिकर अहमेद पहिलो पटक सेन्ट्रल कन्ट्रयाक्टमा परेका छन् ।

सार्वजनिक गरिएको सूचीको ए श्रेणीमा ३ खेलाडी परेका छन् । दुई कप्तान अलि र आजमसहित सहिन शाह अफ्रिदी ए श्रेणीमा रहेका छन् । महिलाको सेन्ट्रल कन्ट्रयाक्ट भने पछि सार्वजनिक गरिने जनाएको छ ।


  • 6
    Shares

Facebook Comments