देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रेलिगेशनबाट जोगाउन बाँकी खेल खेल्न शीर्ष क्लबहरु तयार

देशान्तर

 इङ्गलिस प्रिमियर लिग फुटबलका केही क्लबहरुले  रेलिगेशनबाट बच्न न्युटङल भेन्युका बाँकी खेल खेल्न तयार रहेको बताएका छन् । शीर्ष लिगका क्लबहरु अधिकतम १० सम्म न्यूट्रल भेन्यूमा कोरोना भाइरसको महामारीका कारण रोकिएको लिगका बाँकी ९२ खेल गर्ने पक्षमा छन् ।

तर न्यूट्रल भेन्यूमा खेल्दा लिगको इमानदारीतामा असर पर्ने भएकाले रेलिगेशनको जोखिम हटाइनु पर्ने अंक तालिकामा पुछारतिर रहेका क्लबहरुले तर्क छ । उनीहरुले रेलिगेशनको जोखिम हटाएमा न्यूट्रल भेन्यूमा बाँकी खेलका लागि आफूहरु तयार रहेको बताएका हुन् ।

ब्राइटनसहितका तालिकाको पुछारमा रहेका क्लबहरुले रेलिगेशनको जोखिमसहित न्यूट्रल भेन्यूमा खेल्नु उपयुक्त नहुने धारणा राखेका हुन् । विश्वभर कोरोना भाइरसको महामारी फैलन थालेपछि इंग्लिस प्रिमियर लिगका खेलहरु गत मार्च १३ देखि रोकिएका छन् ।