देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

टोकियो ओलम्पिक नयाँ मितिमा पनि नभए रद्द गरिने

देशान्तर

टोकियो ओलम्पिक गेम्सका आयोजकहरुले नयाँ मितिमा पनि ओलम्पिक आयोजना गर्न नसकिए प्रतियोगिता नैं रद्द गरिने बताएका छन् । कोरोना भाईरसको महामारीले एक वर्ष पर धकेलिएको टोकियो ओलम्पिक गेम्स २०२१ मा पनि गर्न नसकिऐ प्रतियोगिता नैं रद्द गरिने दावी आयोजक जापानले गरेको हो ।

टोकियो ओलम्पिक आयोजक कमिटिका अध्यक्ष योशिरो मोरीले सन् २०२१ मा समेत आयोजना गर्न नसकिए प्रतियोगिता रद्द हुने बताएका हुन् । विश्व खेलकुदको सर्वोच्च प्रतियोगिता ओलम्पिक सन् २०२१ को जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ ।

यस अघि टोकियो ओलम्पिक यसै वर्षको जुलाई २४ देखि अगस्ट ९ सम्म हुने तय थियो । तर, कोरोना महामारीका कारण एक वर्ष पर धकेलिएको हो । अध्यक्ष मोरीले कोरोनालाई जितेर ओलम्पिकको आयोजना गर्न सफल हुनेमा जापान विश्वस्त रहेको समेत बताए ।

२०२१ मा आयोजना हुने भएपनि प्रतियोगिताको नाम ‘टोकियो ओलम्पिक गेम्स २०२०’ नै रहनेछ ।