देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

यूईएफएले च्याम्पियन्स र युरोप लिग अनिश्चितकालका लागि स्थगित

देशान्तर

काठमाण्डौ । कोरोना भाइरसको प्रकोपका कारण यूईएफएले च्याम्पियन्स लिग र युरोपा लिग फुटबल अनिश्चितकालका लागि स्थगित गरेको छ ।

आउँदो जुन महिनामा आयोजना गर्ने तयारी गरिए पनि अहिले कोरोनाको महामारी बढ्दो अवस्था रहेको भन्दै यूईएफएले अनिश्चितकालका लागि स्थगित भएको जनाएको हो ।

युरो २०२० को प्लेअफ म्याचलाई २०२१ मा सारिएको छ भने महिला युरो २०२१ को क्वालिफाइङ म्याच पनि स्थगित भएको छ ।बुधबारको बैठकपछि युईएफएले यो निर्णय गरेको जनाइएको छ ।