देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आईसीसीकाे टी-ट्वान्टी वरीयतामा नेपाल यथावत

देशान्तर

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी-ट्वान्टी वरीयतामा नेपाल यथावत रहन सफल भएको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत रहेको हो । नयाँ वरीयतामा नेपाल १५ औं स्थानमा रहेको छ ।

यसअघि पनि नेपाल १५ औं स्थानमा रहेको थियो । टी-ट्वान्टीमा लगातार खराब प्रदर्शन गर्दै आएको कारण नेपाल गत महिना ३ स्थान तल झरेको थियो ।

नेपालको टी-ट्वान्टीमा ११ औं स्थान सर्वाधिक उच्च वरीयता हो । एसोसियट राष्ट्रमा नेपाल भन्दा अघि स्कटल्याण्ड र युएई रहेको छ । स्कटल्याण्ड १२ र युएई १४ औं स्थानमा रहेका छन् ।

नेपाल एकदिवसीय वरीयतामा १६ औं स्थानमा रहेको छ । टी-ट्वान्टी वरियताको शीर्ष स्थानमा पाकिस्तान रहेको छ । यस्तै अष्ट्रेलिया दोस्रो, इंग्ल्यान्ड तेस्रो, भारत चौंथो र दक्षिण अफ्रिका पाँचौ स्थानमा रहेका छन् ।