देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

युरोकप र कोपा अमेरिका जस्तै टोकियो ओलम्पिक पनि स्थगित, अब १ वर्ष पछि हुने

देशान्तर

टोकियो । चौतर्फी दवावपछि आयोजक देश जापान र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आईओसी) चार महिनापछि जापानको टोकियोमा हुने तय भएको विश्व खेलकुदको कुम्भमेला टोकियो ओलम्पिक एक वर्ष पछिको लागि स्थगित गर्न सहमत भएका छन् ।

आइओसीले आज विज्ञप्ति जारी गर्दै ओलम्पिक अर्को वर्षको समरमा सर्ने जनाएको छ । विश्वभर नै महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को त्रासको दौरानबीच ओलम्पिक सरेको हो । यसअघि जापान ओलम्पिक कमिटि र आइओसीले तोकिएका समयमा नै ओलम्पिक आयोजना गर्ने निर्णयमा अडिग रहेपनि चौतर्फी दवावपछि आइओसी र आयोजक देश जापान निर्णय परिवर्तन गर्दै ओलम्पिक एक वर्ष पछि सार्न सहमत भएको हुन् ।

आइतबार राति मात्रै आइओसीले तत्काल ओलम्पिक सार्ने समय नभएको र चार सातापछि ओलम्पिकको बारेमा निर्णय गरिने बताएको थियो । तर, आइओसीको यो निर्णयससँगै ओलम्पिकमा बढी पदक जित्न सक्ने राष्ट्र बेलायत, अष्ट्रेलिया र क्यानडाले यस्तै अवस्थामा ओलम्पिक आयोजना भए आफ्नो खेलाडी नपठाउने भन्दै चौतफी दवाव दिएका थिए । त्यसपछि नै आइओसी पछि हटेको हो ।

अब ओलम्पिक अर्को वर्षको समरमा हुनेछ । अर्को वर्षको लागि मिति भने तोकिएको छैन । टोकियो ओलम्पिक जुलाई २४ देखि अगष्ट ९ सम्म हुने तालिका थियो । ‘हामीलाई प्राप्त सुचना अनुसार अब २४ जुलाईबाट ओलम्पिक खेल सुचारु हुनेछैन । अर्था अब अघि बढ्ने प्यारामिटरहरु निर्धारित गरिएको छैन । हामीले खेलहरु स्थगित गरिसकेका छौं । अब समस्याको समाधान भएको छ,’ आइओसी सदस्यले भने ।

यसअघि कोरोना भाइरसकै कारण युरोपियन फुटबल एसोसिएसन (युइएफए) ले आगमी जुनलाई तय भएको युरोकप र दक्षिण अमेरिकी फुटबल एसोसिएसन (कोन्काफ) ले कोपा अमेरिका कप एक वर्षको लागि स्थगित गरेको थियो ।