काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठनको गृहकार्य अन्तिम चरणमा पुर्याएका छन् । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले यसै साता पुनर्गठन गरिसक्ने योजना बनाएपनि चिनियाँ विदेशमन्त्रीको भ्रमणका कारण पुनर्गठन केही पछि सरेको बुझिएको छ । चिनियाँ विदेशमन्त्री वाङ स्वदेश फर्किएलगत्तै पुनर्गठनलाई अन्तिम रूप दिन गृहकार्य शुरु गरिँदै छ ।
पुनर्गठित मन्त्रिमण्डलमा केही मन्त्रीहरुलाई हेरफेर गरिने छ ।
हृदयेश त्रिपाठी, सुरेन्द्र पाण्डे, लीला श्रेष्ठल गायत मन्त्री बन्ने चर्चा उच्च तहमा चलेको छ ।
को-को निस्किएला?
मातृका यादव, गोकर्ण विष्ट, लालबाबु पण्डित, युवराज खतिवडा, चक्रपाणि खनाल, थममाया थापामगर र रघुवीर महासेठ लाई मन्त्रिमण्डलबाट हटाइने स्रोतले जनाएको छ । मन्त्रिमण्डलमा प्रदीप ज्ञवालीलगायत केहीको विभाग परिवर्तन हुने सम्भावना छ ।
प्रतिक्रिया