काठमाडौ – नेपाली काङ्ग्रेसको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’को दोस्रो चरण भोलिदेखि सुरु हुने भएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार अभियान बिपी कोइरालाको १०६औँ जन्म जयन्तीका दिन भोलि सुरु भई असोज ७ गते सम्पन्न हुने छ । दोस्रो चरणको अभियानमा पार्टी सुदृढीकरण, समसामयिक राजनीति, सुशासनलगायत विभिन्न १५ एजेडा तय गरिएको छ ।
जागरण अभियानको दोस्रो चरणमा ३३० प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रीत अभियान सम्पन्न गरिनेछन् । हरेक क्षेत्रमा एक जनाका दरले ३३० केन्द्रीय प्रतिनिधि खटिसकेका छन् ।
बिपी कोइरालाको १०६औँ जन्म जयन्तीको प्रतीकस्वरूप १०६ विरूवा प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रको निश्चित स्थलमा वृक्षरोपण गरेर दोस्रो चरणको अभियानको देशव्यापीरूपमा उद्घाटन गरिनेछ । असोज ७ गते अन्तिम दिन जिल्लास्तरीय विरोध प्रदर्शन गरिने तय भएको जनाइएको छ ।
जागारण अभियानमा पार्टीका नेता एवं प्रतिनिधिले बोल्नेभन्दा सुन्ने विषयलाई विशेष प्राथमिकतामा राखिएको प्रवक्ता शर्माले बताए ।
प्रतिक्रिया