देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बाढीको दिर्घकालिन समाधान खोज्न भारतसंग कुरागर्नुपर्छः देउवा

देशान्तर

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले तराई मधेसमा वर्षेनी आउने बाढीको समस्या समाधानका लागि भारतसँग कूटनीतिक तवरमा छलफल गर्नुपर्ने बताएका छन् ।

संघीय संसदको प्रतिनिधिसभा बैठकमा बुधबार पेश भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सभापति देउवाले भारतसँग कूटनीतिक तवरमा छलफल गरेर बाढीको समस्यालाई सधैंका लागि समाधान गर्नुपर्ने बताएका हुन् ।

उनले भारतसँग कुरा गर्नुपर्ने र भारतले नेपाललाई दोष दिएर मात्रै नेपालको समस्या सभाधान नहुने बताएका छन । नेपालले भारतलाई दोष दिने काम हुँदै आएकोमा एकले अर्कालाई दोष दिएर भन्दा यसमा भारतसँग कूटनीतिक तवरमा कुरा गरेर सधैंका लागि समाधान गर्नुपने सभापति देउवाको भनाइछ ।

सभापति देउवाले बाढीपहिरो प्रभावितलाई राहत, उद्धार गर्ने पहिलो दायित्व राज्यको भएको स्मरण गराउँदै तराई–मधेसका बाढीपीडितलाई राज्य पक्षले कुनै पनि सहयोग नगरेको भन्दै आपत्ति जनाए ।

बाढी प्रभावित जिल्लाका भ्रमणका क्रममा आफूले जनता दुःखमा परेका बेला स्थानीय सरकार पनि बाढी प्रभावितसम्म पुगेको नदेखेको उनले संसदमा सुनाए । उनले हेलिकप्टरमा चढेर बाढी प्रभावित क्षेत्रको अवलोकन गरिएको प्रति पनि सरकारको आलोचना गरेका छन् ।