काठमाडौं । एकीकृत समाजवादीसंग एकता गर्न लागेका वामदेव गौतमले ३ जनाको एकता गर्न वार्ता समिति गठन गरेका छन् । गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानका तर्फ बाट महासचिव डीबी कार्कीको नेतृत्वमा तीन सदस्य वार्ता समिति बनाइएको हो । वार्ता समितिमा सचिव भगवती विष्ट र स्थायी कमिटी सदस्य लोकनाथ धमला रहेको र यसबारे को जानकारी भोलि गराईने अभियानले जनाएको छ ।
यो वार्ता समितिले पार्टी एकताको सैद्धान्तिक–राजनीतिक र संगठनात्मक एकीकरणको विषय टुंग्याउने जनाइएको छ ।
एकीकृत समाजवादीका तर्फबाट भने वार्ता समिति बनेको छैन । गौतमले आफू नेतृत्वको अभियानलाई एकीकृत समाजवादीसँग एकता गर्ने सहमति जनाएपछि वार्ता समिति गठनको प्रक्रिया अगाडि बढाइएको हो ।
प्रतिक्रिया