काठमाडौँ–पार्टी एकीकरण प्रक्रियालाई अन्तिम रुप दिन सत्तारुढ दल नेकपाको सचिवालय बैठक आइतबार दिउँसो एक बजे बस्दैछ ।
आजको बैठकले जिल्ला इञ्चार्ज, केन्द्रीय विभाग, आयोग, सल्लाहकार परिषदलगायतका निकायको जिम्मेवारी टुङ्गो लगाउने पार्टीका नेताहरुले बताएका छन् । यसैवीच पार्टीको सचिवालय बैठक बस्नुअघि पूर्व एमाले र पुर्व माओवादी नेताहरुको छुट्छुटै बैठक बसेको छ । शनिबार पूर्व एमाले नेताहरुको बैठक बसेको थियो भने, आइतबार बिहान पूर्व माओवादी केन्द्रपक्षधर नेताहरुको बैठक बसेको छ ।
सचिवालय बैठकको पुर्वसन्ध्यामा दुवैपक्षले आ–आफ्ना धारणा तय गर्न बैठक राखेका हुन् । यसअघि विभिन्न अध्यक्ष केपी अोली र प्रचण्डबीच संख्यामा सहमति भएपनि व्यक्तिमा सहमति नभएकाले त्यसैको गृहकार्यमा दुवै पक्ष लागि परेको बताईको छ । प्रचण्ड निवास खुमलटारमा बसेको पूर्वमाओवादी बैठकमा नेताहरुको जिम्मेवारीबारे छलफल भएको सहभागी एक नेताले बताएका छन् ।
प्रतिक्रिया