देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पूर्व माओवादी नेताको बैठक प्रचण्ड निवास खुमलटारमा

देशान्तर

एकता प्रक्रियाको काम टुंगो लगाउने विषयमा छलफल गर्न पूर्व माओवादी नेताहरूको बैठक बसिरहेको छ। आइतबार बिहान ७ बजेदेखि खुमलटारस्थित प्रचण्ड निवसमा बैठक बसिरहेको एक नेकपा(पूर्व माओवादी) नेताले जानकारी दिएका छन्।

आइतबार दिउँसो १ बजे नेकपाको सचिवालय बैठक बस्नुअघि अनौपचारिक छलफल गर्न बैठक बसेको ती नेताले जनाएका छन् । एकता प्रक्रियामा टुंगो लगाउनु पर्ने जिल्ला इन्चार्जहरु, केन्द्रीय विभाग, आयोग, सल्लाहकार परिषद, जेष्ठ कम्युनिष्ट मञ्चलगायतका विषयमा आजै सचिवालयले टुंगो लगाउने तयारी छ।

३२ केन्द्रीय विभागमध्ये १८ पूर्व एमाले र १४ पूर्व माओवादीले लिने गरी भागवण्डाको सहमति भइसकेको छ। पूर्व माओवादीले पाएको भागवण्डामा छलफल गरी नाम तय गर्न बैठक बसेको ती नेताले बताए ।

पूर्व एमालेतर्फकाले बिहीबार साँझ, शुक्रबार र शनिबार आफ्नो पूर्ववत समूहमा छलफल गरेका थिए । पूर्व एमालेले पाएको संगठन विभागमा वामदेव गौतम, विदेशमा माधव नेपाल र नीति अध्ययनमा झलनाथ खनाललाई लैजाने सहमति भएको छ।

पूर्व माओवादीले पाएको अर्थ, प्रचारलगायत विभागका लागि नामको टुंगो यसै खुमलटारको छलफलले लगाउने तयारी छ।