देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

केपी ओलीलाई कडा झड्का, सरकारको नेतृत्व परिवर्तन माग गर्दै नेता पौडेलले दिए यस्तो सुझाव

देशान्तर

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले सरकारको नेतृत्व परिवर्तन हुनैपर्छ भन्ने अडान लिनु भएको छ । बुटवलमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता पौडेलले तत्कालीन एमाले र माओवादी केन्द्रबीच भएको पालैपालो सरकारको नेतृत्व गर्नेलगायतका ५ बुँदे सहमति कुनै पनि हालतमा कार्यान्वयन हुनुपर्ने बताउनुभएको हो ।

सरकारको काम–कारबाही प्रभावकारी नभएको भन्दै मन्त्री परिवर्तन गर्नसमेत माग गर्दै नेता पौडेलले सरकार र पार्टीको नेतृत्व आलोपालो गर्नेगरी विगतमा तत्कालीन एमाले र माआवादी केन्दका नेताबीच पाँचबुँदे सहमति भएको दोहोर्याउनुभयो । विगतको सहमतिलाई आधार बनाएर इमान्दारिताका साथ अघि बढ्न तत्कालीन नेकपा एमाले र ओली पक्षलाई आग्रह गर्दै उहाँले भन्नुभयो सार्वजनिक नै भइसकेको विषय लुकाउनुपर्ने कुनै कारण छैन ।

नेकपा नेताबीच विगतमा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भए पनि यसलाई लिएर नेताहरू विभाजित छन् । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली निकट नेता यही सरकारले ५ वर्षसम्मै नेतृत्व गर्नुपर्ने पक्षमा छन् भने तत्कालीन माओवादीभित्रका तथा बाहिरका केही नेता भने विगतको भद्र सहमति पालना गरेर अघि बढ्नुपर्ने पक्षमा छन् ।