देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राहत र पुनर्स्थापनालाई प्रभावकारी बनाउन कांग्रेसको आग्रह

देशान्तर

काठमाण्डौ । काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपद् व्यवस्थापनका लागि राज्यले अझै प्रभावकारी ढंगबाट राहत तथा पुनस्र्थापनाको काम गर्नुपर्ने आवश्यकता औल्याएको छ । कांग्रेस संसदीय दलले बुधबार विज्ञप्ति जारी गरेर विपद् व्यवस्थापनका लागि राज्यले अझै प्रभावकारी ढंगबाट राहत तथा पुनस्र्थापनाको काम गर्नुपर्ने आवश्यकता देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराएको हो ।

“विगत केही दिन अगाडि परेको भारी वर्षाका कारण मुलुकका विभिन्न भूभागहरुमा आएको बाढी, पहिरो, जल डुवान र कटानका कारण ठूलो संख्यामा मानवीय क्षतिका साथसाथै भौतिक क्षति भएको छ,” प्रमुख सचेतक बालकृष्ण खाणद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “क्षतिग्रस्त स्थलको रिर्पोटका आधारमा विपद् व्यवस्थापनका लागि राज्यले अझै प्रभावकारी ढंगले राहत एवं पुनस्र्थापना कार्य गर्न आवश्यक देखिएको छ ।”
कांग्रेसले बाढी, पहिरो र जल डुवान क्षेत्रमा विभिन्न रोग महामारीका रुपमा फैलिने सम्भावनालाई नियन्त्रण गर्न र थप मानवीय क्षति हुन नदिन सरकारलाई सशक्त र गतिशिल रुपमा कार्य गर्न आग्रहसमेत गरेको छ ।