काठमाडौं । संघीय समाजवादी फोरमको राजनीतिक समितिको बैठक आज देखी काठमाडौँमा सुरु भएको छ । भएको फोरमको राजनीतिक समितिको बैठकमा समसायमिक राजनीतिक विश्लेषणसहित सरकारको समीक्षा गर्ने एजेन्डा तय भएको राजनीतिक समिति सदस्य डा. शिवजी राय यादवले जानकारी दिनुभयो ।
राजनीतिक समितिले मंसिर २२ गते बस्ने केन्द्रीय समितिको बैठकको एजेन्डा पनि तय गर्नेछ । समसामयिक राजनीतिक विश्लेषण, सरकारको समीक्षा र महाधिवेशनको तयारीबारे छलफल गर्ने एजेन्डा तय भएको फोरमका राजनीतिक समिति सदस्य डा. यादवले बताउनुभयो ।
फोरमले पार्टीको तर्फबाट सरकारमा गएका मन्त्रीहरूले गरेको कामको समीक्षासहित समग्र सरकारको समीक्षा गर्न लागेको जनाएको छ ।
प्रतिक्रिया