काठमाडौं । आज विश्व एचआईभी÷एड्स दिवस एचआईभी एड्स विरुद्ध विभिन्न जनचेतना मुलक कार्यक्रम गरी विश्वभरी मनाईदैछ ।
राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका अनुसार नेपालमा एचआईभी लागेर पनि सामान्य जीवन बाँच्नेहरुको संख्या १६ हजार रहेको छ ।
असुरक्षित यौनसम्पर्क नै एचआईभी÷एड्सको मुख्य कारकको रुपमा मान्ने गरिएको छ । एचआईभी भएका व्यक्तिलाई अरुलाई जस्तै समान्य व्यवहार गरेमा सामान्य मान्छे जस्तै धेरै वर्ष बाँच्न सक्ने चिकित्सकहरुले बताएका छन् ।
एक महिना भन्दा बढी ज्वरो आईरहे, निरन्तर सुक्खा खोकी लागेमा, कारण बिना नै निरन्तर पखाला लागिरहे, मुखमा सेता दाग जस्ता लक्षण देखिएमा एचआईभी परीक्षण गराउन चिकित्सकहरुको आग्रह छ ।
प्रतिक्रिया