काठमाडौं । नेपाल खाद्य संस्थानले शुक्रबारदेखि दसैंका लागि खसी, बोका र च्याङ्ग्रा बिक्री वितरण सुरु गर्ने भएको छ ।नेपाल खाद्य संस्थान, बागमती अञ्चल कार्यालयले थापाथलीस्थित कार्यालय परिसरबाट शुक्रबारदेखि दसैंका लागि खसी, बोका र च्याङग्रा बिक्री वितरणको काम सुरु गर्ने जानकारी गराएको हो ।
संस्थानका लागि वागमती अञ्चल कार्यालय प्रमुख सुरेन्द्रराज विष्टले बिक्रीका लागि बिहीबार बिहानसम्म ९० वटा खसी, बोका र ५ सय ५० वटा च्याङ्ग्रा काठमाडौं आइपुगेको जानकारी दिए । शुक्रबार विहान ८ बजेदेखि बाट खसी, बोका र च्याङग्रा बिक्री वितरण हुनेछ । बजार भाउलाई हेरेर सुपथ मूल्यमा खसी, बोका र च्याङग्राको मूल्य निर्धारण गर्ने पनि संस्थानले जनाएको छ ।
संस्थानका बागमती अञ्चल कार्यालयका प्रमुख विष्टले बजारको भन्दा सस्तो मूल्यमा मासुको लागि खसीबोका बिक्री वितरण हुने बताए । बिहीबार बेलुकासम्म संस्थानले मासुको मूल्य निर्धारण हुनेछ । संस्थानले हरेक वर्ष थापाथलीस्थित बागमती अञ्चल कार्यालय परिसरबाट दसैंका लागि सुपथ मूल्यमा खसी, बोका र च्याङ्ग्रा बिक्री वितरण गर्ने गरेको छ ।
प्रतिक्रिया