देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै बिआरआईमा हस्ताक्षर गर्नुपर्छ : डा. शेखर

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बिआरआईका विषयमा संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै कोइरालाले बिआरआईजस्तो संवेदनशील विषयलाई सडकमा ल्याएर उराल्ने काम भएको बताए ।

बिआरआईका विषयमा कांग्रेस–एमालेले तयार गरेको दस्ताबेजलाई गहन छलफल गरेर यदि ठिक छ भने चिनियाँ पक्षलाई कन्भिन्स गर्नुपर्ने कोइरालाले बताए ।

बिआरआईका विषयमा नेपाली जनताले राम्रोसँग बुझ्दै नबुझेको, उनीहरूले केवल ऋण वा अनुदान भन्ने मात्रै बुझेको कोइरालाले बताए ।