देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकम समेत खुम्चियो

देशान्तर

कठमाडौं । बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजार १०.७६ अंकले घट्दा कारोबार रकम समेत खुम्चिएको छ । यस दिन ३७ करोड ४० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

कारोबारमा १६५ कम्पनी सामेल भए । यसदिन दुईवटा समुहबाहेक सबै समुहमा गिरावट आएको छ । ट्रेडिङ समुह ४.२२ अंकले बढेको छ । होटल समुह ५.५६ अंकले बढेको छ ।

आज सबैभन्दा बढी निर्जिवन वीमा समुह ५१.३८ अंकले घटेको छ भने जीवन वीमा ३७.४५ अंकले घटेको छ । जलविद्युत १५.१६ अ‌कले घट्दा विकास बैंक ११.५२ अंकले घटेको छ । माइक्रोफाइनान्स ९.७५, उत्पादन तथा प्रशोधन ६.५२, फाइनान्स ३.३३, अन्य ८.७५ र बैंकिङ समुह १०.१२ अंकले घटेको छ ।

बजार घट्दा पनि सबैभन्दा बढी कारोबार भने एनएमबी बैंकको २ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । दोस्रो बढीमा एनआइसी एसियाको २ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।