काठमाडौँ । खुद्रा पसल भन्दा सरकारले सर्वसाधारणको सुविधाका लागि सञ्चालन गरिएको सरकारी पसलले प्रतिकिलो ११ रुपैयाँ महँगोमा चिनी बिक्री गरेको छ । दसैंरतिहारका लागि सञ्चालन गरिएको सहुलियत पसलले करिब ६५ रुपैयाँ पर्ने चिनी ७६ रुपैयाँमा बिक्री गगरिरहेका छन ।
नेपाल चिनी उद्योग महासंघले जारी गरेको सूचनाअनुसार मूल्य अभिवृद्धि कर बाहेक चिनीको प्रतिकिलो ५७.५० रुपैयाँ पर्छ । १३ प्रतिशत भ्याटको ७.४७ रुपैयाँ पनि जोड्ने हो भने ६४ रुपैयाँ ९७ पैसा पर्न आउँछ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले शुक्रबारदेखि ४८ स्थानमा सञ्चालन गरेको सहुलियत पसलमा २ रुपैयाँ छुट दिई कायम गरिएको चिनीको मूल्य ७६ रुपैयाँ हो । अझ अन्य केही केही स्टोरहरूले बिक्री गरिरहेको मूल्यसँग तुलना गर्ने हो भने १७ रुपैयाँभन्दा बढी हुन आउँछ । अहिलेपनि केही खुद्रा र डिपार्टमेन्ट स्टोरहरूले प्रतिकिलो ५९ रुपैयाँमा चिनी बिक्री गर्दै आएका छन ।
सरकारले चिनी आयातमा परिमाणात्मक बन्देज लगाएपछि मूल्यमा मनोमानी भइरहेको छ । कतै सस्तो, कतै अत्यधिक महँगो हुने गरेको भेटिएको छ । ‘व्यवसायीसँगको मिलोमतोमा कोटा लगाइयो ।
सुपथ मूल्य पसलमा साल्ट ट्रेडिङले चिनी बिक्री गर्दै आएको छ । पसलहरूको संयोजन वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले गर्दै आएको छ । विभागका महानिर्देशक योगेन्द्र गौचनले ७६ रुपैयाँमा बिक्री नभएको दाबी गरका छन् । आइतबार चिनीको मूल्य ५ रुपैयाँ घटाएर ७० रुपैयाँमा बिक्री गरेका थियो । ‘उक्त मूल्य पनि बजारभाउभन्दा बढी देखिएकाले चिनी बिक्री बन्द गरिएको छ ।
मूल्यको सम्बन्धमा आज अनुगमन गरिने जनाएपनि विभागलाई उपलब्ध गराएको मूल्यअनुसार ७० रुपैयाँ नै तोकेको छ । मन्त्रालय स्रोतका अनुसार चिनीको मूल्य घटाउन सरकारलाई ठूलो दबाब छ । यो दबाबपछि अर्को निर्णय नहुन्जेलसम्म चिनी बिक्री नगर्न सुपथ पसललाई निर्देशन पनि गइसकेको स्रोतले बताएको छ ।
प्रतिक्रिया