काठमाडौं । सरकारले विभिन्न दातृ निकायहरूसँगको सहकार्यमा दोस्रो चरणको वित्तीय सुधारका कार्यक्रम सुरु गरेको छ । यो कार्यक्रमअन्तर्गतको दोस्रो चरण सन् २०१६ देखि ०२५ सम्मका कार्यक्रम सार्वजनिक गरिएको हो ।
बिहीबार विश्व बैंकको व्यवस्थापनमा सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्वको सचिवालयले वित्तीय सुधारका कार्यक्रम सार्वजनिक गरेको हो । आधिकारिक रूपमा बिहीबारबाट कार्यक्रम सुरु गरिएको बताइएको छ ।
विश्व बैंकबाट व्यवस्थापन गरिएको बहुराष्ट्रिय दाताहरूको कोषका १५ मिलियन डलर अर्थात् बिहीबारको विनिमय दरअनुसार एक अर्ब ७४ करोड रुपैयाँ र नेपाल सरकारको तीन मिलियन डलर अर्थात् ३४ करोड ८० लाख रुपैयाँ बराबरको कार्यक्रम सार्वजनिक गरिएको हो ।
यसअनुसार १८ मिलियन डलर अर्थात् दुई अर्ब आठ करोड ८० लाख रुपैयाँको कार्यक्रम संचालन हुनेछन् । यो रकम बराबरको कार्यक्रम सन् २०१८ देखि २०२१ सम्म संचालन गरिने सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व(पेफा)ले जनाएको छ ।
प्रतिक्रिया