देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बीमा अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु

देशान्तर

काठमाडौं । २१ औं अन्तर्राष्ट्रिय बीमा सम्मेलन मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार काठमाडौंमा २१ औं अन्तराष्ट्रिय विमा सम्मेलनको उद्घाटन गरेका हुन्। विकासशील राष्ट्रका बीमा र पुनर्बीमा कम्पनीहरुको संगठन (एआईआरडिसी) ले सो सम्मेलन आयोजना गरेको हो।

सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले विमा क्षेत्रमा देखिएको जोखिम न्यूनिकरण गर्न सबै पक्षलाई लाग्न आह्वान गरे। उनले प्रविधिको नयाँ-नयाँ प्रयोगसँगै बीमा क्षेत्रमा पनि चुनौति थपिएको उल्लेख गर्दै त्यसलाई सामना गरेर अघि बढ्न विकाशशील राष्ट्रहरुबीच सहकार्य गरेर अघि बढनुपर्नेमा पनि जोड दिए। अर्थमन्त्री खतिवडाले नेपालले वीमामार्फत् जनतालाई सशक्त बनाएर गरिवी निवारण गर्ने कामलाई उच्च प्राथमिकता दिएको पनि स्पष्ट पारे।

उनले बीमा सेवाले सामाजिक-आर्थिक रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै त्यसका लागि आवश्यक नयाँ–नयाँ प्रविधिको प्रयोग गर्न ढिलाई गर्न नहुने पनि बताए। २ दिनसम्म चल्ने अन्तराष्ट्रिय सम्मेलनमा विदेशी करिव २ सय तथा स्वदेशी करिव ४ सय बढीको सहभागिता रहेको छ। सम्मेलनमा प्राकृतिक विपत्तिको जोखिम न्यूनिकरणमा विमा कम्पनीहरुको भूमिकाका विषयमा पनि विस्तृत छलफल हुने बीमा समितिले जनाएको छ।